पूर्व राजाको स्वागतमा १० हजार बढी उपस्थित भएको प्रहरीको अनुमान

नेपालभ्युज

पूर्व राजाको स्वागतमा १० हजार बढी उपस्थित भएको प्रहरीको अनुमान

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागतका लागि १० हजार बढी समर्थक उपस्थित भएको प्रहरीले अनुमान गरेको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले १० हजार बढीको उपस्थिति रहेको आकलन गरिएको बताए । ‘ हामीले १० हजार बढीको उपस्थिति भएको अनुमान गरेका छौँ,’ उनले भने ।

पूर्व राजा समर्थक सहित   विमानस्थलबाट नागार्जुन गइरहेका छन् । ट्राफिक व्यवस्थापनमा चाप भएकाले उनी अहिले महराजगंज पुगेको खनालले बताए । ‘पूर्व राजा अहिले महाराजगंज पुग्नुभएको छ, समर्थकहरूसहित उहाँ नागार्जुनतर्फ जाँदै हुनुहुन्छ,’ उनले भने ।

ज्ञानेन्द्र चार बजे एयरपोर्टबाट बाहिरिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved