स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ३ जना सिफारिस

नेपालभ्युज

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ३ जना सिफारिस

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा तीनजनाको नाम सिफारिस भएको छ ।

सिफारिस समितिले आवेदन स्वीकृति भएका १० जनासँग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको मन्त्रालय  स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार  समितिले कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरेको छ ।

कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष पठाएको प्रस्ताव अब बस्ने मन्त्रिपरिषद् बैठकले  निर्णय गर्नेछ  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved