सियोल । महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिएपछि शनिबार हिरासतबाट रिहा गरिएको छ।
गत डिसेम्बर ३ मा नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको आरोपमा जनवरीमा पक्राउ परेका निलम्बित राष्ट्रपति मुस्कुराउँदै बिशेष हिरासतबाट बाहिर निस्किएका थिए ।
‘म यस देशका जनताप्रति कृतज्ञता व्यक्त गर्दै शिर निहुराउँछु,’ रिहाइपछि आफ्ना वकिलमार्फत जारी गरेको युनको विज्ञप्तिमा भनिएको छ ।
एक दिन अघि एक अदालतले प्राविधिक र कानुनी आधार देखाउँदै उनको गिरफ्तारी वारेन्ट रद्द गरेको थियो । यो निर्णयको अनुसन्धान गरिरहेका अभियोजनकर्ताहरूले शनिबार एक बयानमा उक्त निर्णय ‘अन्यायपूर्ण’ थियो भनेका छन् ।
अभियोजकहरूले अदालतको फैसलाविरुद्ध अपिल गर्ने उनीहरूको अधिकारबारे सुनुवाई गर्दै युनलाई रिहा गरिएको थियो । विशेष गरी योआपराधिक अभियोगमा उनको हिरासतको प्राविधिक विवरणको बारेमा थियो।
युनले आफ्नो महाभियोगलाई कायम राख्ने र औपचारिक रूपमा उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने विषयमा छुट्टै संवैधानिक अदालतको निर्णयको पनि सामना गर्नुपर्नेछ ।
अभियोजकहरूले भनेका छन्, ‘संवैधानिक अदालतको निर्णय र सम्बन्धित विचारहरूलाई ध्यानमा राख्दै महान्यायाधिवक्ताले टोलीलाई युनलाई हिरासतबाट रिहा गर्न अपील गर्नुको सट्टा सक्रिय रूपमा ‘ट्रायल कोर्ट’मा आफ्ना तर्कहरू प्रस्तुत गर्न निर्देशन दिनुभएको छ ।’
यदि युनलाई हटाइयो भने दक्षिण कोरियामा ६० दिनभित्र नयाँ राष्ट्रपतीय निर्वाचन हुनैपर्छ ।
औपचारिक रूपमा पदबाट हटाएपछि पनि उनीविरुद्ध फौजदारी मुद्दा चलिरहनेछ ।
एएफपीका संवाददाताहरूका अनुसार हिरासतबाट रिहा भएपछि युन धेरै गाडीहरूको बीचमा रहेको एउटा विशेष गाडीमा चढी सीधै राष्ट्रपति निवासतर्फ गएका थिए र उनले राष्ट्रपति भवनबाहिर आफ्नो कारबाट बाहिर निस्केर सयौँ उत्साही समर्थकहरूलाई अभिवादन गरेका थिए ।
यसैबीच, डेमोक्रेटिक पार्टीका नेता ली जे–म्युङले एक र्यालीलाई सम्बोधन गर्दै निलम्बित राष्ट्रपतिको शैनिक शासनको प्रभाव रहँदासम्म लड्ने बताएका छन् ।
पूर्व अभियोजक युनले डिसेम्बरमा नागरिक शासन निलम्बन गरी संसद्मा सैनिक पठाएर प्रजातान्त्रिक दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा धकेलेको आरोप विपक्षीहरूको छ । एएफपी
Facebook Comment
Comment