पाङ्ग्रा जनकपुरमा, जहाज काठमाडौंमा !

नेपालभ्युज

पाङ्ग्रा जनकपुरमा, जहाज काठमाडौंमा !

काठमाडौं । जनकपुरबाट आएको बुद्ध एयरको एउटा जहाज पाङ्ग्रा बिना नै काठमाडौंमा सकुशल अवतरण गरेको छ ।

उक्त जहाज बिहीबार अपराह्न एउटा पाङ्ग्रा जनकपुरमै छोडेर काठमाडौंका लागि उडेको थियो । सो जहाज अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले भने, एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।’

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौं उडान नं. ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौंमा सुरक्षित अवतरण गरेको बताए । ‘जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ,’ उनले भने ।

एउटा पाङ्ग्राबिनै जनकपुरबाट काठमाडौं उड्यो बुद्ध एयर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved