विद्युतीय अपराधसम्बन्धी मुद्दामा प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई सफाइ

नेपालभ्युज

विद्युतीय अपराधसम्बन्धी मुद्दामा प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई सफाइ

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सत्तारुढ दल नेकपा एमालेको शुभेक्छुक संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अध्यक्ष बस्नेतलाई उक्त मुद्दामा अभियोग दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिएको हो ।

वरिष्ठ अधिवक्ता बाबुराम दाहालका अनुसार सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई साइबर अपराध भन्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल रहेको अदालतले व्याख्या गरेका छ ।

जनता टाइम्स अनलाइमा प्रकाशित समाचारका विषयलाई लिएर अध्यक्ष बस्नेतमाथि उक्त मुद्दा दायर गरिएको थियो । अदालतले सोही मुद्दाका अर्का प्रतिवादी गणेश विकको हकमा भने पछि सजाय निर्धारण हुनेगरी कसुरदार ठहर्याएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved