काठमाडौं महानगरलाई मन्त्रालयको पत्र – गुरागाईंलाई काम गर्न दिनु

नेपालभ्युज

काठमाडौं महानगरलाई मन्त्रालयको पत्र – गुरागाईंलाई काम गर्न दिनु

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ ।

गुरागाईंले महानगरमा हाजिर गर्न नदिएको गुनासो गर्दै पत्र लेखेपछि मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन पत्राचार गरेको हो।

गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए ।

पत्रमा भनिएको छ, “प्रस्तुत विषयमा तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१।०९।०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालयको निर्णयानुसार अनुरोध छ ।”

गुरागाईंलाई नियमविपरीत काठमाडौं भ्युटावरको नक्सा पास गरेको भन्दै महानगरले उनलाई ५ पुसदेखि बिदामा राखेको छ । महानगरले समिति बनाएर उनीमाथि छानबिन गरिरहेको बताएको छ ।

पत्र – 

मेयर बालेनदेखि सरसफाइ कर्मचारीसम्मले पाएनन् तलब, रिसाइन् सुनीता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved