अमेरिकाले बन्द गर्‍यो युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान

नेपालभ्युज

अमेरिकाले बन्द गर्‍यो युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान

काठमाडौं । अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान गर्न बन्द गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बुधबार यसको पुष्टि गरेका हुन् ।

गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएको बारेमा पत्रकारहरूले गरेको प्रश्नमा वाल्ट्जले भने, ‘हामी एक कदम पछि हटेका छौं ।’

ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षहरूमा विचार गरिरहेको उनले स्पष्ट पारे ।

यद्यपि, गुप्तचर जानकारी साझा गर्ने प्रतिबन्ध आङ्शिक हो वा पूर्ण र यो कति समयसम्म प्रभावकारी रहनेछ भन्ने विषय अझै स्पष्ट छैन ।

सन् २०२२ मा रुसले गरेको आक्रमणको प्रारम्भिक चरणदेखि नै अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्दै आएको छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अर्को हप्ता पेरिसमा युरोपेली सेना प्रमुखहरूको बैठक आयोजनाको घोषणा गरेका छन् । टेलिभिजनमा सम्बोधन गर्दै उनले भने, ‘अब फ्रान्स अमेरिकी सहयोगबिना अगाडि बढ्न तयार हुनुपर्छ ।’

ट्रम्पको ‘अन्तिम’ चेतावनी : सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै सदस्य सुरक्षित रहने छैनन्

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved