काठमाडौं । ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो । अब अर्को पेसी ६ चैतका लागि तोकिएको छ ।
बुधवार भएको सुनुवाइ मा रिट निवेदकहरूको तर्फबाट सात जना कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, श्रीहरि अर्याल, शम्भु थापा सँगै अधिवक्ता मोहना अन्सारी, भीमार्जुन आचार्य, राजु प्रसाद चापागाईँ, पुनदेवी महर्जन गरी ७ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला गरिएको विवादास्पद नियुक्तिमाथि चार वर्षदेखि संवैधानिक इजलासमा मुद्दा अड्किएको छ ।
ओलीले अध्यादेश जारी गरेर दुई पटक संसद् विघटन गर्दै संवैधानिक आयोगमा ५२ जना पदाधिकारीलाई नियुक्त गरेका थिए ।
चार वर्षपछि सर्वोच्चले सुनुवाइ थालेको संवैधानिक नियुक्ति विवादको नालिबेली
Facebook Comment
Comment