च्याम्पियन्स ट्रफीमा अनौठो संयोग 

तीनवटै खेल हारेर समूह चरणबाटै बाहिरिएको इङ्ल्यान्डका दुई खेलाडी बढी रन बनाउनेको शीर्ष स्थानमा

नेपालभ्युज

तीनवटै खेल हारेर समूह चरणबाटै बाहिरिएको इङ्ल्यान्डका दुई खेलाडी बढी रन बनाउनेको शीर्ष स्थानमा

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा एउटा दुर्लभ कीर्तिमानी अग्रता कायम भइरहेको छ ।

तीनमध्ये एक खेल पनि नजिति समूह चरणबाटै बाहिरिएको इङ्ल्यान्डका ब्याटर बेन डकेट र जो रुट सर्वाधिक रन लिने खेलाडीको सूचीमा अगाडि छन् । डकेटले तीन खेलबाट २२७ रन बनाए ।

यस क्रममा डकेटले अष्ट्रेलियाविरुद्ध शतकीय पारी खेल्दै १६५ रन जाेडे । उनको स्ट्राइक रेट १०८.६१ रहेको छ ।

दोस्रो स्थानमा पनि इङ्ल्यान्डकै जो रुट छन् । उनले तीन खेलमा २२५ रन बनाएका छन् । रुटले अफगानिस्थानविरुद्ध सर्वाधिक १२० रन बनाएका थिए ।

सूचीको तेस्रो स्थानमा फाइनलमा पुगेको भारतका विराट कोहली छन् । चार खेल खेलेका उनले हालसम्म २१७ रन बनाएका छन् । उनले पाकिस्तानविरुद्ध शतक प्रहार गरेका थिए ।

अब कोहलीले फाइनलमा ११ रन बनाएमा डकेटलाई उछिन्ने छन् ।

च्याम्पियन्स ट्रफीमा अब एउटा सेमिफाइनल र फाइनल खेल मात्र बाँकी छन् ।

दाबेदार मानिएको दुई पटकको विजेता अष्ट्रेलिया भारतसँग पराजित भएर सेमिफाइनलबाटै बाहिरिएपछि अब तीन टोली मात्र बाँकी रहेका हुन् ।

दोस्रो सेमिफाइनलमा आज (बुधबार) समान एक पटकका विजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन् । याे खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा हुनेछ ।

आजको विजेताले मार्च ९ तारिखमा भारतसँग उपाधि भिडन्त गर्नेछ । फाइनल खेल यूएईको दुबई अन्तराष्ट्रिय रङ्शालामा हुनेछ ।

दक्षिण अफ्रिका विगतमा न्युजिल्यान्डमाथि हाबी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved