युवा-युवती एउटै रूखमा झुण्डिएको अवस्थामा मृत भेटिए

नेपालभ्युज

युवा-युवती एउटै रूखमा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । मोरङमा एउटै रूखमा युवा–युवती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मोरङ्गको पथरीशनिश्चरे–५ घर भएका २२ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर भएकी जाबुमुनी मृत फेला परेका हुन् ।

अजयको घरभन्दा करिब करिब १ किलोमिटर दक्षिणमा रहेको बक्राहा खोलाको किनारमा उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

मङ्गलबार स्थानीयले उनीहरू झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीकाअनुसार मृत फेला परेकी जुबामुनीका पति वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् भने अजयको पत्नी र २ जना छोरा छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved