मेलम्चीको पाइप के कारणले फुटेको हो छानबिन गर्छौं : कार्यकारी अधिकृत पौडेल

नेपालभ्युज

मेलम्चीको पाइप के कारणले फुटेको हो छानबिन गर्छौं : कार्यकारी अधिकृत पौडेल

काठमाडौं । थापाथली चोकनजिक मेलम्चीको पाइप फुटेका विषयमा छानबिन गरिने भएको छ ।

थापाथलीमा के कारणले मङ्गलबार पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाउन छानबिन गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

उनले भने, ‘पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाउन छानबिन गर्छौँ, छानबिनपश्चात पाइप मर्मत गरी पानी वितरण गरिने छ ।’

बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो ।

पसलमा पसेको पानी सोहोरियो, खाल्डो परेको सडकको अवस्था उस्तै (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved