ललितपुरमा बोरिङ गर्ने क्रममा निस्कियो आगोको ज्वाला

नेपालभ्युज

ललितपुरमा बोरिङ गर्ने क्रममा निस्कियो आगोको ज्वाला

काठमाडौं । ललितपुरमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ ।

महालक्ष्मी नगरपालिका-५ गोदावरी खोलानजिक बोरिङको पाइप गाड्ने क्रममा आगोको ज्वाला निस्किएको हो ।

आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर, आगो निभेको छैन ।

बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको अनुमान छ । तर, त्यसको विस्तृत विवरण भने नआइसकेको एसएसपी अधिकारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved