अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्यो, पोल्यान्ड पुगेका सामान फिर्ता गर्ने

नेपालभ्युज

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्यो, पोल्यान्ड पुगेका सामान फिर्ता गर्ने

काठमाडौं । अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले यसको खुलासा गरेको हो ।

‘युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दैछ,’ ब्लुमबर्गको समाचारमा उल्लेख छ ।

यद्यपि यसबारे हालसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन् ।

ब्लुमबर्गको समाचारमा युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू पनि रोकिने बताइएको छ । यसमा पोल्यान्ड पुगेका सामानहरू पनि समावेश छन् ।

गत हप्ता ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भएको चर्को बहसपछि अमेरिका र युक्रेनको सम्बन्ध बिग्रिएको छ । यसपछि अमेरिकाले सहयोग रोकेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved