पूर्वराष्ट्रपति भण्डारीले गरिन् प्रधानमन्त्री ओलीको प्रशंसा

नेपालभ्युज

पूर्वराष्ट्रपति भण्डारीले गरिन् प्रधानमन्त्री ओलीको प्रशंसा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको बहुमुखी प्रतिभा र साहित्यिक योगदानको प्रशंसा गरेकी छिन्।

‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण समारोहमा बोल्दै भण्डारीले ओलीको प्रशंसा गरेकी हुन् ।

भण्डारीले आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीको नेपाली समाजका प्रतीकात्मक शब्दावली र जनबोलीको सृजनात्मक प्रयोगमार्फत स्वदेश तथा विदेशमा विशिष्ट पहिचान बनाउन सफल भएको उल्लेख गरिन् ।

“जेल जीवन बिताउँदा पनि कथा, कविता तथा लेख रचना गर्नुभएको हामीलाई थाहा छ,” भण्डारीले भनिन्, “उहाँमा रहेको साहित्यिक चेतको कारण अहिले पनि देश तथा जनताको पक्षमा गीत तथा कविता सृजना गरिरहनुभएको छ र उहाँद्वारा रचित केही गीतहरूमा सङ्गीतसमेत भरिएका छन्।”

भण्डारीले ओलीलाई नेपालका विशिष्ट राजनीतिज्ञ तथा मुलुकको सामाजिक आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टा र कुशल नेतृत्वकर्ता मध्येको एक भएको पनि बताइन् ।

समारोहमा भण्डारीले आफू राष्ट्रपति हुँदा प्रधानमन्त्री रहेका ओलीले निर्वाह गरेको भूमिका सम्झनायोग्य रहेको जनाउँदै साहित्यिक व्यक्तित्वको थप प्रस्फुटनको कामना व्यक्त गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved