प्रहरीले टोखामा गोली हानेर एक व्यक्तिलाई नियन्त्रणमा लियो

नेपालभ्युज

प्रहरीले टोखामा गोली हानेर एक व्यक्तिलाई नियन्त्रणमा लियो
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर एकजना हत्या आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले गोली आज अपरान्ह तीन राउन्ड गोली चलाएर गुड्डु पटेल नामका व्यक्तिलाई नियन्णमा लिएको हो ।

एक राउन्ड गोली लागेका पटेलको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । लाल मोहम्मदको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सर्लाहीको हरिवन नगरपालिका–२ का मोहम्मदको २०७९ असोज ३ गते काठमाडौंको गोठाटारमा हत्या भएको थियो ।

आफूलाई पक्राउ गर्न प्रहरी आएको सुइको पाएपछि पटेल भागेका थिए । त्यसक्रममा गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved