एमालेका नेता, कार्यकर्ता पार्टीको अनुमतिबिना विदेश जान नपाउने

नेपालभ्युज

एमालेका नेता, कार्यकर्ता पार्टीको अनुमतिबिना विदेश जान नपाउने
फाइल तस्वीर

काठमाडौं ।  एमालेका कार्यकर्ता पार्टीको अनुमतिबिना विदेश भ्रमणमा जान नपाउने भएका छन् ।

एमाले केन्द्रीय सचिवालयको बैठकले विदेश भ्रमणअघि पार्टीको अनुमति अनिवार्य लिनु पर्ने निर्णय गरेको हो । महासचिव शङ्कर पोखरेलले विदेश भ्रमणको दुरूपयोग रोक्दै त्यसलाई प्रभावकारी बनाउन आचारसंहिता जारी गरिएको बताए ।

‘अबदेखि पार्टी सदस्य विदेश भ्रणमा जाँदा अनिवार्य स्वीकृति लिनुपर्नेछ । कुन कार्यक्रममा जान लागेको हो, आयोजक को हो भन्ने विषयमा पार्टीलाई अनिवार्य जानकारी हुनुपर्छ । भ्रमणमा गएपछि पार्टीको प्रतिष्ठा बढाउने भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने ।

फर्किएर आएपछि पार्टीमा भ्रमणको प्रस्तुतीकरण दिनुपर्ने सचिवालयले जारी गरेको आचारसंहितामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved