मेयरले नगरपालिका कार्यालयमा ताला लगाएर साँचो सीडीओलाई बुझाए

नेपालभ्युज

मेयरले नगरपालिका कार्यालयमा ताला लगाएर साँचो सीडीओलाई बुझाए

जनकपुरधाम । महोत्तरीका एक मेयरले नगरपालिकाको कार्यालयमा ताला लगाएर साँचो प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज ठप्प भएपछि भङ्गहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूलगायत सबै वडा कार्यालय बन्द गरेर साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् । 

मेयर साहले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि नगरपालिकाका सम्पूर्ण प्रशासनिक कामकाज प्रभावित भएकाले कार्यालयमा ताला लगाएको बताए । 

करिब डेढ महिनादेखि प्रशासकीय अधिकृत नहुँदा मेला महोत्सव, उपचार छुट सिफारिस, टेन्डर प्रक्रिया, विकास निर्माणका कार्य प्रभावित भएका छन्,’ मेयर साहले भने, ‘यस विषयमा मन्त्रालयलाई जानकारी गराए पनि अधिकृत पठाएको छैन । सम्पूर्ण कामकाज रोकिएपछि कार्यालय खोलेर के काम ?’ 

सेवाग्राहीलाई सहज प्रशासनिक सेवा प्रवाह नहुँदा जनगुनासो बढेको भन्दै आफूहरूले बाध्य भएर प्रमुख जिल्ला अधिकारीलाई पालिकाको आधिकारिक साँचो बुझाएको मेयर साहले बताए । 

उनले आफूले तीन पटकसम्म मन्त्री र सचिवलाई भेटेरै उपसचिव पठाइदिन अनुरोध गरेपनि बेवास्ता गरेको गुनासो पनि गरेका छन् । 

 महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आफूले यसबारे गृह मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयमा जानकारी गराइसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved