अध्यादेशबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

नेपालभ्युज

अध्यादेशबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्न लागेको हो ।

बैठकमा मूलतः सरकारले जारी गरेका अध्यादेशका विषयमा छलफल हुने एमालले जनाएको छ । यस्तै बैठकमा सरकारको कामकारबाहीसँगै समसामयिक राजनीतिमा पनि छलफल हुनेछ ।

सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदमा निर्णायार्थ पेस हुन सकेको छैन । प्रतिनिधिसभामा सत्तापक्षको बहुमत भए पनि राष्ट्रियसभामा सङ्ख्या अपुग छ ।

सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले यतिबेला एमाले नेतृत्वको सरकार अफ्ठ्यारोमा छ ।

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ । यसैबीच जसपा नेपालको केन्द्रीय समिति बैठक पनि आजबाट सुरु हुँदैछ ।

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved