च्याम्पियन्स ट्रफी

दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा

नेपालभ्युज

दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको  छ ।

शनिबार कराँचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

यो सँगै यो समूहबाट अफगानिस्तान र इङ्ग्ल्याण्ड बाहिरिएका छन् । यसअघि अष्ट्रेलिया पनि सेमिफाइनल पुगेको थियो ।

इङ्ल्याण्डले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेट क्षतिमा भेट्टायो ।

दक्षिण अफ्रिकाको जितमा रासी भान डेर डुसेनले ७८ बलमा ६ चौकार ३ छक्कासहित ७२ रन जोडे।

यस्तै हेनरिच क्लासेनले ५६ बलमा ६४ रन जोडे । ओपनर रायन रिकेल्टनले २५ बलमा २७ रन जोडे । इङ्ल्याण्डका लागि जोफ्रा आर्चरले २ र आदिल रासिदले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ३८.२ ओभरमा अलआउट हुँदै १७९ रनको झिनो स्कोर बनाएको थियो । यसका जो रुटले सर्वाधिक ३७ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसेन र वियान मल्डरले ३–३ विकेट लिए । केशव महारजले २ विकेट तथा लुंगी एनगिडी र कागिसो रबाडाले १–१ विकेट लिए ।

समूह चरणको खेलपछि दक्षिण अफ्रिकाको ५ र अष्ट्रेलियाको ४ अङ्क भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved