बर्दिवासका पाँचवटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

नेपालभ्युज

बर्दिवासका पाँचवटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध तथा अनधिकृत ढङ्गले सञ्चालनमा रहेका महोत्तरीको बर्दिवासका पाँचवटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले शुक्रबार अनुगमन गरेका आठ अस्पतालमध्ये सेवा सञ्चालन अनुमति नलिएका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिएका हुन् ।

अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पताल तत्काल बन्द गर्न र मापदण्ड पूरा गरी सेवा सञ्चालन अनुमति लिई मात्र अस्पताल सञ्चालन गर्न सञ्चालक तथा उपलब्ध कर्मचारीलाई निर्देशन दिएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

सेवा सञ्चालन अनुमति लिएको जनसेवा हस्पिटल प्रालि र डि.एन.बि मेडिकेयर सेन्टर प्रालिलाई नवीकरण गराउन मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved