गोलञ्जोर गाउँपालिकामा आँखा शिविर : पहिलो दिनमा ४० जनाको शल्यक्रिया

नेपालभ्युज

गोलञ्जोर गाउँपालिकामा आँखा शिविर : पहिलो दिनमा ४० जनाको शल्यक्रिया

सिन्धुली । तिलगङ्गा आँखा प्रतिष्ठान, गोलञ्जोर गाउँपालिका र स्थानीय सुनकोशी सामुदायिक अस्पतालद्वारा संयुक्त रूपमा आयोजित मोतियाबिन्दुको शल्यक्रियासम्बन्धी शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया गरिएको छ ।

सो गाउँपालिका–७ खुर्कोटमा आयोजित दुई दिने शिविरमा प्रतिष्ठानले शल्यक्रियाका लागि छनोट गरेका एक सय जनाको शल्यक्रिया गर्ने पालिकाका उपप्रमुख ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

शिविरमा शल्यक्रिया गरिएका सबै बिरामीलाई आवश्यक औषधि र चस्मासमेत निःशुल्क उपलब्ध गराइएको छ ।

त्यस अवसरमा उपप्रमुख न्यौपाने र सामुदायिक अस्पताल सञ्चालक समितिका अध्यक्ष केशव देवकोटाले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको लक्ष्यअनुरूप शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved