‘लाज शरणम्’ले अहिलेसम्म कति कमायो ?

नेपालभ्युज

‘लाज शरणम्’ले अहिलेसम्म कति कमायो ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले राम्रो ओपनिङ गरेको छ ।

रिलिज भएको पहिलो दिन बुधबार एक करोड १० लाख रुपैयाँभन्दा बढीको कमाइ भएको निर्माण पक्षले बताएको छ । दोस्रो दिन बिहीबारको कमाइ भने सार्वजनिक भइसकेको छैन ।

‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिजमा आएको ‘लाज शरणम्’ले तुलनात्मक रूपमा दुईवटाले भन्दा धेरै शो पाएको छ ।

कुमार कट्टेलको निर्देशनमा रहेको चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved