संसारकै लामो धार्मिक पदयात्राको रुपमा चिनिने मिथिला परिक्रमा सुरु

नेपालभ्युज

संसारकै लामो धार्मिक पदयात्राको रुपमा चिनिने मिथिला परिक्रमा सुरु

जनकपुरधाम । संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा शुक्रबारदेखि विधिवत सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

फागुन कृष्णपक्षको औँसीमा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो ।

परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुले बिहीबार राति धनुषाको हनुमाननगरमा विश्राम गरेका थिए । शुक्रबार बिहान पूजापाठ गरी उनीहरू भारतको बिहारस्थित कल्याणेश्वर प्रस्थान गर्नेछन् ।

फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला र जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुग्छ । त्यसपछि माध्यमिकी परिक्रमाको विधिवत सुरुवात हुने परम्परा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved