ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु, युवा घाइते

नेपालभ्युज

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु, युवा घाइते
सांकेतिक तस्वीर

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा बिहीबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ ।

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट समान्य घाइते भएका छन् ।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved