काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले अग्रता फराकिलो बनाउँदै लगेको छ ।
बुधबार राति न्युक्यासल युनाइटेडविरुद्ध २–० गाेलको जित दर्ता गरेपछि लिभरपुलले शीर्ष स्थानमा १३ अङ्कको अग्रता बनाएको छ ।
एनफिल्डमा घरेलु टोली लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाई र एलेक्सिस म्याक एलिस्टरले गोल गरे ।
यससँगै लिभरपुलले २४ खेलमा अपराजित रहेको कीर्तिमान बनाएको छ । उसले सिजनको सुरुवाती समयमा पराजय ब्यहोरोको थियो । अहिले २८ खेल सकिँदा २० जित र ७ बराबरी गरेको छ । उसले ६७ अङ्क जोडेको छ ।

दोस्रो स्थानको आर्सनलको ५४, तेस्रो नोथिङ्गम फरेस्टको ४८ र चौथो साविक विजेता म्यानचेस्टर सिटीको ४७ र पाँचौंमा रहेको चेल्सीको ४६ अङ्क छ ।
पराजित न्युक्यासल २७ खेलबाट ४४ अङ्कका साथ छैटौं स्थानमा छ ।
लिभरपुल लिभरपुलले सन् १९८७–८८ मा ३१ खेल अपराजित खेलेको थियो ।
यस्तै लिभरपुलले सन् २०१९–२० को सिजनमा ४४ खेलसम्म अपराजित यात्रा कायम राखेको थियो । अब उसको लक्ष्य उल्लेखित आफ्नै कीर्तिमान तोड्ने रहने छ ।
Facebook Comment
Comment