अहिलेको सरकारले राम्रा कामको कार्यान्वयन रोक्दैछ : प्रचण्ड

नेपालभ्युज

अहिलेको सरकारले राम्रा कामको कार्यान्वयन रोक्दैछ : प्रचण्ड

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरुको कार्यान्वयन यो सरकारले रोकिरहेको बताउनुभएको छ ।

जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै प्रचण्डले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन गरेकोमा अब यसमा पनि समस्या आउन थालेको बताए ।

अघिल्लो सरकारले नागरिकताविहीन नागरिकलाई नागरिकता दिन कानुन बनाएपनि अझै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यसपटक तराई मधेसमा धेरै सुनेको उल्लेख गर्दै उनले मिटरब्याज पीडितको समस्या समधानका लागि आफूहरुले कानुन बनाएपनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताए । उनले यीलगायत धेरै सुधारात्मक कार्य रोकेर सरकारले भ्रष्ट, माफिया र विचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको तर त्यो सम्भव नभएको बताए ।

तथाकथित संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरुका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने उल्लेख गर्दै उनले लाखौं जनता एक ठाउँमा उभिने हो भने भ्रष्टराजको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved