हमासले फिर्ता गर्‍यो चार इजरायली बन्धकको शव

नेपालभ्युज

हमासले फिर्ता गर्‍यो चार इजरायली बन्धकको शव

जेरुसेलम । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणअन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो ।

हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन भने सकेको छैन ।

तर हमासले उनीहरूको नाम खुलासा गरेको छ । जसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात रहेका छन् ।

सन् २०२३ को ७ अक्टोबरमा हमासको आक्रमणका क्रममा उनीहरूलाई बन्धक बनाइएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved