रारा तालको एक होटेलमा आगलागी, चारवटा भवन जलेर नष्ट

नेपालभ्युज

रारा तालको एक होटेलमा आगलागी, चारवटा भवन जलेर नष्ट

मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा बुधबार राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् ।

आगोबाट काठैकाठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहीबार बिहान आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्याएको थियो ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved