अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : पहिलो हाफमा गोलरहित बराबरी

नेपालभ्युज

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र म्यानमारबीचको  पहिलो हाफमा गोलरहित बराबरी भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि सफल भने हुन सकेन ।

खेलको २४औँ मिनेटमा नेपाली रक्षक विमला विकले उत्कृष्ट बचाउ गरिन् । यस्तै  खेलको ३५औँ मिनेटमा सावित्रा भण्डारी साम्बाको प्रहारलाई म्यानमारको गोलकिपर म्यान नेइनले विफल बनाइन् ।

उपाधिका लागि भिडिरहेका नेपाल र म्यानमारले पहिलो हाफमा केही अवसर खेर फाल्दा खेलमा अग्रता बनाउन सकेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved