काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इङ्क प्रालिले बीवाईडी हाईटेक वीक सुरु गरेको छ । काठमाडौंको एभरेष्ट होटेलमा सुरु गरिएको उक्त कार्यक्रममा चार ब्रान्डका सवारी साधन सार्वजनिक गरिएको छ ।
कम्पनीले ‘इनोभेसन मिट्स एक्सीलेन्स’ नाम दिएको यो प्रदर्शनी फेब्रुअरी २६ बाट सुरु भएर मार्च २सम्म चल्ने जनाएको छ । प्रदर्शनीको पहिलो दिन बीवाईडी, डेन्जा, फेङचेङ बाओ र यांङवाङ ब्रान्डका न्यू इनर्जी भेहिकल सार्वजनिक भएका हुन् ।
सार्वजनिक भएका चार वटै ब्रान्डका सवारी साधनको प्रयोग गर्दै विशेषताहरूको वर्णन गरिएको थियो । नेपाली बजारमा ब्याट्री इलेक्ट्रिक भेहिकल मात्रै बिक्री गरिरहेको बीवाईडीले प्रदर्शनीमा ‘डीएम आई प्लगइन हाइब्रिड पावरट्रेन’ भएका गाडीहरू देखाएको छ ।
बीवाइडीको टेक वीकमा फेङचेङ बाओ ब्रान्डको लियोपार्ड ५ अफरोड एसयूभी, बीवाइडीको पहिलो इलेक्ट्रिक सार्क पीकअप र याङवाङ ब्रान्डको यू८ इन्टेलिजेन्ट फोर ह्वील ड्राइभ एसयूभी प्रदर्शनी भएका छन् । यी सबै भेहिकलहरू प्लगइन हाइब्रिड हुन् ।
त्यस्तै बीवाईडीले प्रिमियम लग्जरी ब्रान्ड डेन्जाको जेड–९ जीटी सेडान कार र डी–९ एमपीभी इलेक्ट्रिक मोडल पनि प्रदर्शन गरेको छ ।
नेपालमा पहिलो पटक आयोजना भएको हाइटेक वीकमा आयोजनामा नेपाली अटोमोवाइल पारखीहरूको लागि बीवाइडीको फ्युचर टेक्नोलोजी र लाइनअप देखाइएको छ ।
बीवाईडी हाइटेक विकमा देखाएका नयाँ ५ गाडी मध्ये बाओ–५, याङवाङ यू–८, डेन्जा जेड–९ प्रदर्शन मात्र गरिएका हुन् ।
भने, प्लगइन हाइब्रिड पीकअप बीवाईडी सार्क तथा लग्जरी एमपीभी जेड–९ भने नेपालमा बिक्री गर्ने मोडल रहेको जनाइएको छ ।
Facebook Comment
Comment