यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

नेपालभ्युज

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

काठमाडौं । विगत ९ वर्षदेखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको हेल्मेट्स नेपालले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भएको हो । सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ ।

जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरू उपलब्ध रहने छन् । पहिलो चरणमा काठमाडौंका शोरुमहरू टेकु, महाराजगन्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरू रहने छन् ।

नक्साल स्थित यामाहाको ब्लु स्क्वायर शोरुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनहरूमा यो सुविधाहरूलाई थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved