च्याम्पियन्स ट्रफी : अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै

नेपालभ्युज

च्याम्पियन्स ट्रफी : अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नवौँ संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मङ्गलबार) अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् ।

पाकिस्तानको रावलपिण्डी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे आमने–सामने हुँदा यी दुवै लगातार दोस्रो जितको खोजीमा हुनेछन् । यो खेलको विजेताले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउनेछ ।

किनकि यसअघिको खेल जितेकाले दक्षिण अफ्रिका र अष्ट्रेलिया २–२ अङ्कसहित समूह ‘बी’को शीर्ष २ स्थानमा छन् । शीर्ष स्थानका २ टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ । आजको खेल जित्ने टोलीको ४ अङ्क हुनेछ ।

यो समूहमा इङ्ल्यान्ड र अफगानिस्तान भने जितविहीन छन् । इङ्ग्ल्यान्ड अष्ट्रेलियासँग र अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित भएका हुन् ।

समूह ‘ए’बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति रावलपिण्डीमा नै भएको खेलमा न्युजिल्यान्डले बङ्गलादेशलाई हराएसँगै दुवै टोली एक खेलअघि नै सेमिफाइनलमा पुगेका हुन् ।

बङ्गलादेश र आयोजक पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

न्युजिल्यान्ड र भारत एक खेलअघि नै सेमिफाइनलमा, बङ्गलादेश र पाकिस्तान बाहिरिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved