राष्ट्रसङ्घमा अमेरिकाले गर्‍यो युक्रेनको विपक्षमा मतदान

भारत र चीनले भाग लिएनन्

नेपालभ्युज

राष्ट्रसङ्घमा अमेरिकाले गर्‍यो युक्रेनको विपक्षमा मतदान

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको हो ।

अमेरिकाले भने प्रस्तावको विपक्षमा मतदान गरको छ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको हो ।

प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देशहरू छन् ।

अमेरिका र रुससँगै इजरायल र हङ्गेरीले पनि प्रस्तावको विपक्षमा मतदान गरे । यो प्रस्ताव युक्रेन र रुसबीच जारी युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो ।

राष्ट्रसङ्घमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भने भाग लिएनन् । ६५ देशले मतदानमा भाग नलिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved