बङ्गालको खाडीमा भूकम्प, कोलकातामा पनि धक्का महसुस

नेपालभ्युज

बङ्गालको खाडीमा भूकम्प, कोलकातामा पनि धक्का महसुस

काठमाडौं । बङ्गालको खाडी भूकम्प गएको छ । मङ्गलबार बिहान ६ः१० बजे भूकम्प गएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

भारतको पश्चिम बङ्गालस्थित कोलकातामा पनि भूकम्पको झट्का महसुस गरिएको छ ।

बङ्गालको खाडी केन्द्रविन्दु रहेको उक्त भूकम्पको तीव्रता ५.१ म्याग्निच्यूड मापन गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु बङ्गालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

यसअघि फेब्रुअरी १७ को बिहान ५ः३६ बजे दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved