च्याम्पियन्स ट्रफी

न्युजिल्यान्ड र भारत एक खेलअघि नै सेमिफाइनलमा, बङ्गलादेश र पाकिस्तान बाहिरिए

नेपालभ्युज

न्युजिल्यान्ड र भारत एक खेलअघि नै सेमिफाइनलमा, बङ्गलादेश र पाकिस्तान बाहिरिए
रचिन रवीन्द्र

काठमाडौं । न्युजिल्यान्ड र भारत नवौँ संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार राति पाकिस्तानको रावलपिण्डीमा भएको खेलमा न्युजिल्यान्डले बङ्गलादेशलाई हराएसँगै दुवै टोली एक खेलअघि नै सेमिफाइनलमा पुगेका हुन् ।

बङ्गलादेश र आयोजक पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

रावलपिण्डी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो ।

उसका लागि कप्तान नजमुल हुसेन शान्तोले ११० बलमा ९ चौकासहित सर्वाधिक ७७ रन जोडे ।

न्युजिल्यान्डका लागि मिचेल ब्रासवेलले १० ओभरमा २६ रनसहित ४ विकेट लिए ।

दुई सय २७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले २३ बल बाँकी छँदै मात्र ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

उसका लागि रचिन रवीन्द्रले शतकीय पारी खेल्दै १०५ बलमै सर्वाधिक ११२ रन बनाए । यस्तै टोम लाथमले अर्धशतकीय पारी खेल्दै ५५ रन जोडे ।

यससँगै समूह ‘ए’बाट सेमिफाइनलमा पुगेका न्युजिल्यान्ड र भारतले ४–४ अङ्क जोड्दा बाहिरिएका बङ्गलादेश र पाकिस्तान अङ्कविहीन छन् । दुवै टोली अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

अब न्युजिल्यान्ड र भारतबीचको विजेता समूह विजेता हुनेछ । यसअघि आयोजक पाकिस्तान र बङ्गलादशले प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved