काङ्ग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थपिए

नेपालभ्युज

काङ्ग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थपिए

काठमाडौं । नेपाली काङ्ग्रेसले  स्थानीय तह समन्वय विभागमा दश सदस्य मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम   केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको विभागमा सोमबार दश सदस्य मनोनयन गरेका हुन् ।

मनोनयन गरिएका सदस्यमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा हेमराज लामिछाने (चितवन), पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरुङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) रहेका  केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved