बङ्गलादेशले न्यूजिल्याण्डलाई दियो २३७ रनको लक्ष्य

नेपालभ्युज

बङ्गलादेशले न्यूजिल्याण्डलाई दियो २३७ रनको लक्ष्य

काठमाडौं । नवौँ संस्करणको आईसिसी च्याम्पियन्स ट्रफीमा बङ्गलादेशले न्यूजिल्याण्डलाई २ सय ३७ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।

उसका लागि कप्तान नजमुल हुसेन शान्तोले  ११० बलमा ९ चौकासहित ७७ रन जोडे । यस्तै, जाकर अलीले ४५, तान्जिद हसनले २४, रिशाद अहमदले २६, मेहदी हसन मिराजले १३ र तस्किन अहमदले १० रन जोडे ।

न्यूजिल्याण्डका लागि मिचेल ब्रासवेलले १० ओभरमा २६ रनसहित चार विकेट लिए । लगातार दोस्रो जितको खोजीमा रहेको  न्यूजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई ६० रनले हराएको थियो । यस्तै,  बङ्गलादेश पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved