एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जडान गरियो फ्लड लाइट

नेपालभ्युज

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जडान गरियो फ्लड लाइट

काठमाडौं । रुपन्देहीस्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएको छ ।

पाँच वटै फ्लड लाइट जडान सम्पन्न भएको एक्स्ट्राटेक ओभल क्रिकेटका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए ।

यससँगै मैदान नेपाली क्रिकेटको विकास र विस्तारका दृष्टिकोणले अर्को ऐतिहासिक चरणमा प्रवेश गरेको प्रबन्ध निर्देशक कुँवरले बताए । अब लाइट टेस्टिङको काम सुरु गरिने छ ।

तीन दिनअघि मात्र सुरक्षालाई ध्यानमा राखेर मैदान अवलोकनका लागि नआउन अनुरोध गरिएको थियो ।

फ्लड लाइटको जडान सकिएसँगै लागेमा मैदान अवलोकन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री कप क्रिकेटको तयारी भैरहेकोले मैदानभित्र प्रवेश गर्न भने रोक लगाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved