केपी ओली कप : आर्मीले पुलिसलाई हरायो

आर्मीको सेमिफाइनलमा स्थान पक्का

नेपालभ्युज

केपी ओली कप : आर्मीले पुलिसलाई हरायो

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले पुलिसलाई २–० को गोलअन्तरले पराजित गरेको हो ।

यससँगै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । आर्मीका लागि नवयुग श्रेष्ठ र दिनेश हेम्जनले गोल गरे ।

खेलको १९औं मिनेटमा नवयुगले पहिलो गोल गरे । ८२औं मिनेटमा दिनेशले दोस्रो गोल गरे ।

अर्को खेलमा केपी ओली एफसी र एनआरटीबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved