काठमाडौं । किरात समुदायको मौखिक परम्परा, मिथक, र मुन्दुम्बाट प्रेरित नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’को मण्डला थिएटरमा फागुन ९ गतेदेखि मञ्चन भइरहेको छ ।
रङ्गकर्मी विजय बरालको निर्माण अनि पशुपति राईको निर्देशनमा बनेको यो नाटकले समाजमा गहिरो रूपमा जरा गाडेका संस्कार, पितृसत्तात्मक सोच, र मिथकीय विश्वासहरूको कथा समेटेको छ ।
सामान्य निम्न वर्गीय समाज र परिवारको परिवेशमा बनेको यस नाटकमा मिथक जब वास्तविकतामा परिणत हुन्छ, तब समाजले कसरी त्यसलाई व्याख्या गर्छ भन्ने विषय उठाइएको छ।
मिल्सन राईको लेखन रहेको नाटकमा ठिन्ले ल्हामो, प्रायदीप राई, प्रयास वान्तवा राई, दिग्गज खत्री, रिन्छेन कुन्छोक मोक्तान, युवाहाङ राई, रोशनी स्याङ्बो, बलबहादुर राई (बलु) र रमिला मोक्तानले अभिनय गरेका छन्।
नाटक चैत्र ३ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
तस्वीरहरू-

Facebook Comment
Comment