काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको सबैभन्दा रोमाञ्चक खेल अब केही समयपछि सुरु हुँदैछ ।
यस खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
यस खेलमा पाकिस्तानमाथि धेरै दबाब छ किनभने उसले आफ्नो पहिलो खेल न्युजिल्याण्डसँग हारेको छ भने भारतले बङ्गलादेशलाई हराएको थियो ।
यदि पाकिस्तानले यो खेल हारेमा प्रतियोगिताबाट बाहिरिन सक्छ ।
आजको खेलमा धेरै परिवर्तनको चरणबाट गुज्रिरहेको पाकिस्तानी टोलीका ब्याट्सम्यान पूर्वकप्तान बाबर आजम र वर्तमान कप्तान मोहम्मद रिजवानको प्रदर्शनमा सबैको नजर हुनेछ ।
भारत र पाकिस्तानबीच खेलिएका १३५ एकदिवसीय खेलमध्ये भारतले ५७ खेल जितेको छ भने ७३ खेलमा हार व्यहोरेको छ ।
तर, हालैका पछिल्ला तथ्याङ्क र इतिहास पाकिस्तानको विरुद्धमा छ । दुई टोलीबीच खेलिएका पछिल्ला ११ एकदिवसीय खेलमध्ये भारतले ९ खेल जितेको छ ।
एकदिवसीय विश्वकप होस् वा च्याम्पियन्स ट्रफी होस् वा टी-२० विश्वकप पाकिस्तानी टोलीले भारतविरुद्ध दुई खेल मात्र जितेको छ ।
Facebook Comment
Comment