काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउने काम सुरु गरिने बताएका छन् ।
आइतबार शहरी विकास मन्त्रालयमा आयोजित उपत्यका भौतिक विकास समितिको बैठकमा बोल्दै सिंहले काठमाडौं बनाउन अघि बढ्ने बताए ।
“काठमाडौं एक समय उर्वर कृषि भूमि थियो, तर अहिले अव्यवस्थित र कुरूप शहरका रूपमा विकसित भएको छ,” सिंहले भने ।
धान फल्ने खेतहरू अहिले घरले भरिएको उल्लेख गर्दै उनले व्यवस्थित शहरीकरणका लागि कुनै न कुनै बिन्दुबाट काम सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
मन्त्री सिंहले शहरी विकास मन्त्रालय नेपाल सरकारको सबैभन्दा कान्छो मन्त्रालय भए पनि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।
मन्त्रालय स्थापना भएयता पहिलो पटक शहरी विकास नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । साथै, अघिल्लो सरकारले पूरा गर्न नसकेका राम्रा कामहरूलाई वर्तमान सरकारले पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Facebook Comment
Comment