काठमाडौंलाई व्यवस्थित बनाउने काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह

नेपालभ्युज

काठमाडौंलाई व्यवस्थित बनाउने काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउने काम सुरु गरिने बताएका छन् ।

आइतबार शहरी विकास मन्त्रालयमा आयोजित उपत्यका भौतिक विकास समितिको बैठकमा बोल्दै सिंहले काठमाडौं बनाउन अघि बढ्ने बताए ।

“काठमाडौं एक समय उर्वर कृषि भूमि थियो, तर अहिले अव्यवस्थित र कुरूप शहरका रूपमा विकसित भएको छ,” सिंहले भने ।

धान फल्ने खेतहरू अहिले घरले भरिएको उल्लेख गर्दै उनले व्यवस्थित शहरीकरणका लागि कुनै न कुनै बिन्दुबाट काम सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

मन्त्री सिंहले शहरी विकास मन्त्रालय नेपाल सरकारको सबैभन्दा कान्छो मन्त्रालय भए पनि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

मन्त्रालय स्थापना भएयता पहिलो पटक शहरी विकास नीति मन्त्रिपरिषद्‌बाट पारित भएको छ । साथै, अघिल्लो सरकारले पूरा गर्न नसकेका राम्रा कामहरूलाई वर्तमान सरकारले पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved