सहकारी ठगी बढ्दै, सात महिनामा ४८ वटा मुद्दा दर्ता

नेपालभ्युज

सहकारी ठगी बढ्दै, सात महिनामा ४८ वटा मुद्दा दर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ४८ वटा सहकारी ठगीको मुद्दा दर्ता भएको छ ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा सहकारी ठगीका ४८ वटा मुद्दा दर्ता भएका हुन् । ती मुद्दाउपर ५ अर्ब ११ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

सहकारी ठगीअन्तर्गत ती मुद्दामा ४३ जनालाई पक्राउ गरिएको र ३ सय ५० जना फरार रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सहकारी ठगीका १ सय १ मुद्दा दर्ता भएका थिए भने, आर्थिक वर्ष २०७९/८० मा सहकारी ठगीका ९३ वटा मुद्दा दर्ता भएको मन्त्रालयले तथ्याङ्क छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved