काठमाडौं । रङ्गकर्मी ईँगिहोपो कोँइच सुनुवारको लेखन, परिकल्पना तथा निर्देशनमा बनेको नाटक ’जुन त लग्यो ताराले’को थापागाउँस्थित मण्डला थिएटरमा यही फागुन १० देखि नियमित मञ्चन सुरु भएको छ ।
‘जुन त लग्यो ताराले’मा वर्तमान नेपाली समाजको समुन्नत बन्ने सपनाको सुरु अनि अन्तिम विकल्प बनिरहेको वैदेशिक रोजगारीको कथा र व्यथा छ । जहाँ बाध्यता, रहर अनि सपनाले नेपाली समाजलाई कसरी एक्लो बनाइरहेको देखाइएको छ ।
रोजगार र गुणस्तरीय शिक्षाको खोजीमा नेपाली युवा पुस्ता विदेशिएका कारण पारिवारिक र अन्य सम्बन्धमा भएको स्नेह, माया, साथ, विश्वास, न्यानोपना कसरी छुट्टिरहेको छ भन्ने पनि नाटकमा प्रस्तुत गरिएको छ ।
‘जुन त लग्यो ताराले’मा मण्डला ल्याब– १६ का प्रशिक्षार्थीहरूको अभिनय रहेको छ ।
मुमा आट्र्स र मण्डला थिएटरको संयुक्त प्रस्तुति रहेको नाटकमा उपाश्ना तामाङ, अन्जना राई, मिरा पण्डित, विनोद राहुँ मगर, मेनुका माझी, बद्रीप्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
नाटक फागुन १८ गतेसम्म सोमबारबाहेक हरेक दिन दिउँसो ४ बजे मण्डलामा मञ्चन भइरहेको छ ।
हेरौँ तस्वीरहरू :

Facebook Comment
Comment