प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालभ्युज

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७९/८० पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत राख्नेछन् ।

यसैगरी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved