काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नभई राधिका शाक्यले चाहिँ आफूलाई बिहे गरेर भित्र्याएको बताएका छन् ।
शाक्यको पुस्तक करुणाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले राधिकालाई जिन्दगीमा एक कप चिया खुवाउँन सक्दिनँ, एक धरो कपडा दिन सक्दिनँ, एउटा रुमाल दिन सक्दिनँ, एकछाक खुवाउने कुरा त टाढाको कुरा रहेको बिहे पहिले नै बताएको बताउँछन् ।
उनले भने,‘त्यो सबै कुरा मैले नलुकाइ भन्या छु। म पाल्न सक्दिनँ म पाल्नसक्ने हुत्ति भएको मान्छे होइन। त्यो मैले प्रष्टै भनेको छु। मैले सबै कुरा खुलस्त भन्ने गरेको छु ।’
अहिले घरको शाक्यले बनाएको उनी बताउँछन् ।
उनले भने, “यो पुस्तकमा पनि लेखिएको छ मलाई केपी ओलीले भित्र्याएको होइन, मैले डेरा खोजेर बिहे गरेर केपी ओलीलाई भित्र्याएको हो । भएको कुरा त्यही हो । अहिले घरको कुरा त त्यो राधिका शाक्यले बनाएको हो मेरो बुताले होइन । त्यो ट्रस्टलाई दान गरेको गरेको छ । त्यो मेरो होइन, त्यसैले मजतिको श्रीमतीसँग खुशी मान्छे कोही छैनन् होला सायद ।”
Facebook Comment
Comment