केपी ओलीजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन, विश्वमा पनि छैन होला : राधिका शाक्य

नेपालभ्युज

केपी ओलीजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन, विश्वमा पनि छैन होला : राधिका शाक्य

काठमाडौं । राधिका शाक्यले आफ्ना पति एवं प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय मान्छे भएको बताएकी छन् ।

शनिबार आफ्नो पुस्तक ‘करुणा’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले आफ्नो पतिको प्रशंसा गरेकी हुन् ।

उनी भन्छिन्, “उहाँलाई मन नपराउनेले पहिलेदेखि नै अल्छि मान्छे हो । एउटा सिन्को पनि यताको उता नसार्ने मान्छे हो भन्थे । अहिले पिन कमेन्ट गरेको देख्छु । हिजोको मात्रै कुरा भन्छु । उहाँ हिजो बिहानदेखि आज बिहान साढे ४ बजेसम्म कन्टिलियुस्ली काममा व्यस्त रहनुभएको थियो । उहाँ कोठामा आउँदा आज साढे ४ बज्यो । सायद उहाँ सुत्दा ५ बज्यो होला ।”

ओलीजस्तो सक्रिय मान्छे विश्वमै नभएको उनी दाबी गर्छिन् ।

शाक्यले थप्छिन्, “अनि उहाँलाई हामीले सक्रिय भन्ने कि निष्क्रिय भन्ने कि के भन्ने ? यो आफ्नो आफ्नो परिभाषा होला । मेरो परिभाषाअनुसार उहाँजस्तो सक्रिय मान्छे सायद म त नेपालमा मात्र भन्दिन विश्वमा पनि छैन होला । किनभने, अगाडिको कुरा त म धेरै जान्दिन उहाँको जीवनको आधा आदि समय सैंतीस अठ्तीस वर्ष त म उहाँको एकदम नजिक बसेर उहाँका सम्पूर्ण गतिविधिहरू हेर्दै आएको एकजना साक्षी हुँ नि ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved