काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशनलाई आम निर्वाचनपछि धकेल्न खोजे पार्टी कमजोर हुने बताएका छन् ।
शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी सङ्घका प्रतिनिधिहरुलाई चियापान कार्यक्रमको आयोजना गर्दै कोइरालाले तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने भन्दै महाधिवेशनलाई आम निर्वाचनपछि धकेल्न खोजे काङ्ग्रेस कमजोर हुने बताएका हुन् ।
समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए ।
कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा काङ्ग्रेस एमालेकरण भएको हो की जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । काङ्ग्रेस ठूलो पार्टी भएपनि आफ्नो नेतृत्वमा भन्दा पनि अरुको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको उनको भनाइ छ ।
त्यस्तै, कोइरालाले सरकारको गलत कामलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र कसैलाई पनि अन्याय हुन नदिने उनको भनाइ छ ।
Facebook Comment
Comment