टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

नेपालभ्युज

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । इलामको रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ।

इलामबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादीगाउँका ४० वर्षीय  दीर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राई गम्भीर घाइते भएका थिए ।

उनीहरूको उपचारको क्रममा बिर्तामोडको बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved